Logo

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त



काठमाडौं, ११ भदौ । प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २४ भदौबाट लागू हुने गरी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

शुक्रबार राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै शर्मालाई मन्त्रिपरिषदको सिफारिशमा नियुक्त गरिएको हो । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा घरबिदामा बसेपछि उनी कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्