Logo

चुनाव हारेको माधव नेपाललाई दोस्रो पोजिसनमा राख्दा कसरी हेपियो ? : ओली (भिडिओसहित)



काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विभाजन नभई चोईटिएको टिप्पणी गरेका छन् । आज राति ८ बजे प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई तानाशाही भन्नु गलत भएको पनि बताए । उनले कुनै समस्या परे जनताको बीचमा जाने कुरा गर्दा कसरी निरंकुशता भयो ? भनेर प्रश्न गरे । उनले माधव नेपाललाई चुनाव हार्दा पनि आफूले पार्टीको दोस्रो पोजिसनमा राखेको सुनाउँदै कसरी हेपिएको भन्न मिल्छ ? भन्ने प्रश्न गरे ।

उनले माधव नेपालले प्रतिपक्षी दललाई किन सरकारको नेतृत्व सुम्पिए त ? भनेर प्रश्न गरे । एमालेको एकल सरकार हुँदाहुँदै किन यो सरकार ढालेर गठबन्धनको सरकार बनाएको भनेर माधव नेपाललाई ओलीको प्रश्न थियो ।

उनले आफ्नो कारणले एमाले नफुटेको पनि दाबी गरे । उनले संसद् विघटन नगरेको भएपनि एमाले फुटिसकेको थियो भन्ने स्मरण गराए । उनले २०७५ जेठ २ गतेमा कसरी फर्काउन सकिन्छ ? भन्दै समय कसैले पनि फर्काउन नसक्ने टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्