Logo

माधव नेपालको पोलिटिक्स सिद्दिसक्यो : ओली



काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डह हिरोमात्रै नभएर सुपर स्पाईडर म्यान नै हो नि भन्दै व्यंग्य हानेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले माधव नेपाल त हिरो हुनुभयो नि ? भनेर सोधेको प्रश्नमा उनले भने,

उनले माधव नेपालले पार्टी फुटाएको कुरालाई मान्न नसकिने पनि टिप्पणी गरेका छन् । उनले भने, यो असंवैधानिक छ, गैरकानूनी छ । जालझेलपूर्ण छ । षड्यन्त्रपूर्वक छ ।” उनले माधव नेपाललाई आफूले पेलेको र हेपेको भन्नुपनि गलत भएको बताए । पार्टीको नवौं महाधिवेशनमा पराजित हुँदापनि माधव नेपाललाई दोस्रो पोजिसनमा राखिएको उनको भनाई थियो ।

उनले माधव नेपालको पोलिटिक्स सिद्दिसकेको पनि दाबी गरे । प्रचण्डले माधव नेपाल त हिरो भनेर भन्नुभएको छ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्न्मा उनले भने, हो, प्रचण्ड एक नम्बरको हिरो, माधव नेपाल दुई नम्बरको हिरो । उहाँहरु त स्पाईडर म्यान हो ।”



प्रतिक्रिया दिनुहोस्