Logo

माधव नेपाल र प्रचण्डले वामपन्थी आन्दोलनलाई धोका दिए : केपी ओली (भिडिओसहित)



काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालले नेपालको वामपन्थी आन्दोलनलाई धोका दिएको आरोप लगाएका छन् । उनले अहिलेपनि एमाले नेपालको पहिलो नम्बरको पार्टी भएको भन्दै आगामी निर्वाचनमा पनि पहिलो पार्टी हुने दाबी गरे । उनले एमालेलाई पहिलो पार्टी बनाउने काम आफूले नै गरेको पनि जिकिर गरे । विगतमा माधव नेपाल नेतृत्वमा रहँदा एमालेले मुख देखाउनपनि लाज लाग्नेगरि चुनाव हारेको उनले स्मरण गराए ।

उनले माधव नेपाल र प्रचण्डह हिरोमात्रै नभएर सुपर स्पाईडर म्यान नै हो नि भन्दै व्यंग्य हानेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले माधव नेपाल त हिरो हुनुभयो नि ? भनेर सोधेको प्रश्नमा उनले भने-“हो, प्रचण्ड एक नम्बर हिरो, माधव नेपाल दुई नम्बर हिरो, अरु तेस्रो नम्बर हिरो, उहाँहरु त सुपर स्पाईडर म्यान हो नि !”

उनले माधव नेपालले पार्टी फुटाएको कुरालाई मान्न नसकिने पनि टिप्पणी गरेका छन् । उनले भने, यो असंवैधानिक छ, गैरकानूनी छ । जालझेलपूर्ण छ । षड्यन्त्रपूर्वक छ । उनले माधव नेपाललाई आफूले पेलेको र हेपेको भन्नुपनि गलत भएको बताए । पार्टीको नवौं महाधिवेशनमा पराजित हुँदापनि माधव नेपाललाई दोस्रो पोजिसनमा राखिएको उनको भनाई थियो । उनले माधव नेपालको पोलिटिक्स सिद्दिसकेको पनि दाबी गरे । प्रचण्डले माधव नेपाल त हिरो भनेर भन्नुभएको छ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्न्मा उनले भने, हो, प्रचण्ड एक नम्बरको हिरो, माधव नेपाल दुई नम्बरको हिरो । उहाँहरु त स्पाईडर म्यान हो ।



प्रतिक्रिया दिनुहोस्