Logo

पाँच सदस्यीय स्थायी कमिटी



काठमाडौं, भदौ १२ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन गरेको छ। एमाले फुटेर बनेको उक्त दलको स्थायी कमिटीमा यसअघि एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई नै राखिएको छ।

स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन्। छिटै राष्ट्रिय भेला बोलाउने र त्यस लगत्तै राष्ट्रिय परिषद्मार्फत स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य तथा पदाधिकारीको टुंगो लगाउने सो दलले जनाएको छ।

पार्टी स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। सरकारमा ककसलाई पठाउने भन्ने निर्णय भने भएको छैन। पार्टीले पाउने मन्त्रालय टुंगो लागिनसकेका कारण सरकारमा कसलाई पठाउने भन्ने निर्णय नभएको एकीकृत समाजवादीले जनाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot