Logo

रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्कने पक्का



एजेन्सी, १२ भदौ । म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डो क्लबमा फर्कने पक्का भएको जनाएको छ । युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससंग सहमती गरेको छ ।
‘क्लबको सबै जना क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्नका लागि उत्सुक छन’्, युनाईटेडले लेखेको छ ।

युनाईटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गर्ने बताएको छ । बिहिबार मात्रै मेडिकल गरेपछि उनी युभेन्ट्स छाड्ने पक्का भएको थियो । युनाईटेडको शहरी प्रतिद्धन्दी म्यान्चेस्टर सिटीले समेत रोनाल्डो अनुबन्ध गर्न चाहेको थियो । तर, युनाईटेडले नै इच्छा देखाएपछि सिटी पछि हटेको हो ।

युनाईटेडले नै रोनाल्डोलाई पोर्चुगलको स्पोर्टिङ लिस्वोनबाट ईङ्ल्याण्ड ल्याएको थियो । रोनाल्डोले युनाईटेडमा ६ सिजन बिताएका थिए । सो समय उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफ ए कप जिताएका थिए ।

उनले युनाईटेडलाई फिफा क्लब विश्वकपदेखि कम्युनिटी सिल्ड समेत जिताए । सर एलेक्स फर्गुसनको नेतृत्वमा रोनाल्डोले युनाईटेडमा अद्भुत प्रर्दशन गरेका थिए । रोनाल्डोले पूर्व क्लब फर्कने कुनै सम्भावना नरहेको बताएका थिए । तर युनाईटेडले अन्तिममा रोनाल्डोलाई क्लब फर्काउन सफल भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्