Logo

होफेनहेम विरुद्ध डर्टमण्डको जित



एजेन्सी, १२ भदौ । जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डले होफेनहेम विरुद्धको खेलमा रोमाञ्चक जित निकालेको छ ।शुक्रबार राति डर्टमण्डले होफेनहेमलाई ३–२ ले हराएको हो ।

खेलमा डर्टमण्डले जियोभन्नी रेनाको गोलबाट अग्रता लिएको थियो । क्रिस्टोफ बाउमगार्टनरले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । बेलिङ्गहमले डर्टमण्डलाई पुन अग्रता दिलाए ।

खेलको ९०औं मिनेटमा बराबरी गोल गर्न सफल होफेनहेम विरुद्ध इन्जुरी समयमा इर्लिङ हालान्डले गोल गर्दा डर्टमण्डले रोमाञ्चक जित निकाल्न सफल भएको हो ।जित सहित डर्टमण्ड ३ खेलबाट ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्