Logo

नेटो र अमेरिकी सेना अफगानिस्तानमा थप अक्रमणको तयारी गर्दै



एजेन्सी, १२ भदौ । अमेरिकी सैनिक र नेटोले अफगानिस्तानविरुद्ध थप अक्रमणको तयारी गरिरहेको छ । अमेरिकी सैनिकसहित झण्डै २ सय जना मारिने गरी काबुल एयरपोर्टमा आइएसले बम बिष्फोट गराएपछि अमेरिकाले उनीहरुविरुद्ध थप आक्रमणको तयारी गरेको हो ।

अमेरिकाले काबु विमानस्थलमा भएको विष्फोटपछि गरेको ड्रोन हमलामा आइएसका योजनाकार मारिसकेको दाबी गरिरहेको छ । ह्वाइट हाउसले केही अफगानिस्तानको स्थिती निकै नाजुक र खतरनाक हुने जनाएको छ । पेन्टागनका प्रवक्ता जन किरबीको भनाईलाई उदृत गर्दै अल्जजीराले लेखेको छ,‘हामी अफगानिस्तानमा थप हमला गर्न तयार छौँ । हामी त्यहाँ निम्तिएको द्धन्द्धलाई निजकबाट नियालिरहेका छौँ । केही दिन त्यहाँको अवस्था खतरनाक हुनेछ ।’-Photo: Agency

 

 

‘अमेरिकाले बदला लियो, अफगानिस्तानमा आइएसका योजनाकार मारिए’



प्रतिक्रिया दिनुहोस्