Logo

पूर्व जनमुक्ति सेनाका लडाकुहरुसँग भेट्दा बाबुराम भावुक



काठमाडौं, १२ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व जनमुक्ति सेनाका लडाकुहरुसँग भेटवार्ता गरेका छन् । पार्टी कामको सिलसिलामा धनगढी पुगेका भट्टराईले त्यहाँ रहँदा लडाकुहरुसँग भेटवार्ता गरेको भन्दै तस्विर सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्–‘पूर्व जनमुक्ति सेनाका लडाकुहरूसंग धनगढीमा गम्भीर र भावमय भेटघाट तथा छलफल!  अधिकांशको जीवन अपेक्षा अनुरूप नभएको र जनयुद्धका उपलब्धी राम्ररी संस्थागत नभएको उनीहरूको अनुभूतिले निकै भावुक !”



प्रतिक्रिया दिनुहोस्