Logo

कोरोना उत्पत्तीबारे खोजी गर्न चीनको सहकार्य आवश्यकः अमेरिकी गुप्तचर निकाय



एजेन्सी, १२ भदौ । कोरानो उत्पत्तीबारे अमेरिकी गुप्तचर निकायले चीनको सहकार्य आवश्यक रहेको ठहर गरेको छ । कोरोना उत्पत्तीबारे थप जानकारीको लागि चीनसँगको सहकार्य आवश्यक रहेको अमेरिकी गुप्तचर निकायले शुक्रबार बताएको हो ।

अमेरिकी गुप्तचर निकायको एक अधिकारीको भनाईलाई सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले लेखेको छ,‘कोरोना भाइरसले विश्वभर ४६ लाख मानिसले ज्यान गुमाइ सकेको छ । यसको विस्तृत जानकारी आवश्यक छ । र, यो चीनबिना असम्भव देखिएको छ ।’

अमेरिकाले निरन्तर चीनलाई कोरोना उत्पत्तीको दोषी ठहराइरहेको छ । तर, यस विषयमा चीनले निरन्तर खण्डन गरिरहेको छ । अमेरिकास्थित रहेको चिनियाँ दूतावासको भनाईलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ,‘अमेरिकाले निरन्तर मिथ्याको आधारमा चीनलाई दोषी बनाइरहेको छ । कोरोना उत्पत्तीको विषयमा छानविन गर्न वैज्ञानिक तवरबाट प्रयास गर्नुपर्छ । यो कुनै गुप्तचर निकायको काम हैन् ।’ यसैबीच चीनले समेत विश्व स्वास्थ संगठनलाई अमेरिकी ल्याब र विश्वविद्यालयमा छानविन गर्न पत्राचार गरिसकेको छ ।-Photo Source: Global Times

 

‘कोराना उत्पत्तीबारे अमेरिकी ल्याबमा छानविन गर्न डब्लुएचओलाई चीनको पत्राचार’



प्रतिक्रिया दिनुहोस्