Logo

कांग्रेस शिर्ष नेताबिच सहमति, भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने



काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसको कृयाशिल सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी भएको छ । पौडेल पक्षले आज आफुनिकटका नेता र जिल्ला सभापतिहरुसँग गरेको छलफलपछि काग्रेसका नेता प्रकाशमान सिंहले विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने समझदारी भएको बताएका हुन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको उनको भनाई छ ।

देशभरका छ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिहले बैठक पछि जानकारी दिएका हुन् । उनका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ। जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र कृयाशिलको नाम सार्वजनिक गर्न माग गरेका थिए। ४८ जिल्लाका कृयाशिलको नाम सार्वजनिक भएको र अरु जिल्लाको एकरदुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ।

एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ। क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउनेछन बिषयमा सहति जुटेको बताएका छन् । साथै नेता सिहले अब पाटि भित्र नयाँ उसाहका साथ अधिबेशन केन्द्रित हुने वातावरण बनेकाले सबैलाई महाधिवेशनमा केन्द्रीय रहन समेत आग्रह गरेका छन् ।

सभापति देउवासँग कुराकानी गरेपछि पौडेल पक्षले आज आफुनिकटका नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस पुर्ब महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेका थिए।



प्रतिक्रिया दिनुहोस्