Logo

सेना फिर्ता बोलाएपछि अमेरिकाले अफतानिस्तानमा कूटनीतिक उपस्थिती कायम राख्न सक्छः तालिवान



एजेन्सी, १२ भदौ । अ‍ेमेरिकाले अफतानिस्तानबाट आफ्नो सैनिक फिर्ता बोलाएपछि त्यहाँ कूटनीतिक उपस्थिती कायम राख्न तालिवानले आग्रह गरेको छ । तालिवानले शुक्रबार उक्त विषयको जानकारी गराएको वाशिङटन पोस्टमा लेखिएको विषयलाई सञ्चारमाध्यम तासले लेखेको हो ।

वाशिङटन पोस्टका अनुसार अफगानिस्तान मामिलाबारे अमेरिकाले पूर्ण रुपमा निर्णय लिइसकेको छैन् । यदी उनीहरु अफगानिस्तानमा बस्न इच्छुक छ भने त्यहाँ रहेको अमेरिकी राजदूतावासलाई पुनः सञ्चालनमा ल्याउन सक्नेछ ।

तालिवानले अगस्त १५ मा अफगानिस्तान कब्जा गरेपछि अमेरिकी कुटनीतिकहरुलाई अमेरिकी सरकारले उद्धार गरिसकेको छ। अमेरिकाले काबुल विमानस्थलको अगामी योजना र विस्तारबारे समन्वय गर्ने समेत जनाइएको छ । त्यसमा टर्की, तालिवान र निजी क्षेत्रको समेत सहकार्य हुने बुझिएको छ। अफगानिस्तानबाट अफ्ना नागरिलाई उद्धार गर्न अमेरिकाले काबुल विमानस्थलमा अफ्ना सैनिक पठाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot