Logo

पार्टी विभाजनबारे केपी ओलीको टिप्पणी : नुहाउँदा पनि एक/दुई वटा कपाल झर्छ, अहिले त्यस्तै भएको हो (भिडिओसहित)



काठमाडौं, १२ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग प्रतिष्पर्धा गर्न कुनै पार्टीले नसक्ने बताएका छन् । ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु चूनौतिको सामना गर्ने सार्मथ्य राख्ने बताए । उनले आफूहरु देखाउनको लागि मात्रै ज्येष्ठ नागरिकप्रति शिर झुकाउने र आफूभन्दा सानोलाई आधार गर्ने नभएर मनैदेखि गर्ने गरेको सुनाए । उनले आफूहरु जनादेशको पक्षमा रहेको पनि सुनाए । उनले एमालेलाई जे गरेपनि हुन्छ भनेर अरु दलले ठान्छन् भने त्यो गल्ती हुने चेतावनी दिए ।

उनले देशको अहितमा रहेको र संविधानको अहितमा रहेकाहरुसँग आफूहरुले कुनै सम्झौता नगर्ने पनि स्पष्ट पारे । उनले आफूहरुको बाटो भनेको लोकतान्त्रिक र अभ्यास पनि लोकतान्त्रिक नै हुने जनाए । र, आफूहरुले नै यो कुरा समाजलाई सिकाउने उनको भनाई छ । उनले एमाले विभाजन नभएको पनि जिकिर गरे । उनले भने,‘एमाले फुटेको होईन, पतित भएकाहरु बाहिरिएका हुन् । फुटेको होईन । यो त चोईटिएको हो । फुट्नु भनेको पक्लक्कै हुन्छ ।’ उनले नुहाउँदापनि एक/दुई वटा कपाल झर्ने गरेको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्