Logo

एमालेसँग एक्लै लड्न कसैले सक्दैन्, यो कुरा सबैलाई थाहा छ : ओली (भिडिओसहित)



काठमाडौं, १२ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै कुनै पार्टीले पनि लड्न नसक्ने बताएका छन् । आज ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले आफ्नो पार्टी ढोडका लौरा समातेर जंगार तर्ने पार्टी नभएको भन्दै एमालेसँग पौडिएर नदी तर्ने क्षमता रहेको दाबी गरे । उनले माधव नेपालहरुको पार्टीमा त मान्छे नै नभएको पनि जिकिर गरे । उनले एमालेले दुनियाँ बदल्ने सक्ने पनि दाबी गरे । उनले देशमा विकासको क्रान्ति गर्ने पनि बताए । उनले एमाले नेपालको राजनीतिको प्रमुख धार नै भएको पनि दाबी गरे ।

नेपालको विकासको अभियन्ता नै एमाले भएको उनको भनाई छ । उनले भने,‘यो पार्टी देशको सम्पूर्ण आन्दोलनहरुको नाईके हो । सबैभन्दा ठूलो पार्टी हो । अहिले हामी जनादेशबाट सरकारबाट हटाईएको होईन, जालझेलबाट हटाईएका हौं । चुनाव त आओस, यी सबै षड्यन्त्रको एमालेले जवाफ दिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्