Logo

एप्पलका सिइओ कुकलाई ७५ करोड अमेरिकी डलर



एजेन्सी, १२ भदौ । एप्पलका सिइओ टिम कुकले आफ्नो सेयर बेचेका छन् । उनले एप्पल कम्पनी अत्यधिक सेयर बेचेर करिब ७५ करोड अमेरिकी डलर प्राप्त गरेको विषयलाई अमेरिकी सुरक्षा निकाय र एक्सचेन्ज कसिमसनले बताएको हो ।

स्टिभ जब्स्ले आफ्नो कार्यकाल छाडेलगत्तै उक्त पदमा कुक बहाल भएका थिए । १० वर्ष आफ्नो कार्यकाल पुरा गरिसकेका कुकले आफ्नो सेयर बेची उक्त रकम प्राप्त गरेका छन् । १० वर्षको अन्तरालमा एप्पललाई नयाँ उचाईमा लग्न सफल भएका कुकले एप्पलको मार्केट रकम २.५ ट्रिलिअन डलरले बढाएका छन् ।

उनले अगामी २०२६ सम्मका नयाँ योजनाहरुको सुची पनि तयार पारिसकेका छन् । ब्लुमवर्ग पत्रिकाका अनुसार उनीसित हाल १.५ बिलिअन डलर रहेको जनाएको छ । उनले विगतमा एचआइभी, वातावरण परिवर्तनसम्बन्धी र मानव अधिकारको विषमा कुरा उठाउँदै आइरहेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्