Logo

लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी



काठमाडौं, १२ भदौ । लोकतान्त्रिक समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक जारी छ । जारी बैठकमा संगठन निर्माण तथा सुदृढीकरणलगायतका एजेण्डामा छलफल भैरहेको नेता केशब झाले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकमा प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठनलाई पुनर्गठन गर्न कार्यविभाजन लगायतका विषयमा छलफल हुने झाले जानकारी दिए । महन्थ ठाकुरको नेतृत्वमा लोसपा हालै गठन भएको हो । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि ठाकुरले आफ्नो नेतृत्वमा लोसपा निर्वाचन आयोगमा दर्ता गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्