Logo

वाईसिएलको राष्ट्रिय भेला सुरु, प्रचण्डले विशेष सम्बोधन गर्दै (फोटोफिचर)



काठमाडौं, १२ भदौ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ। दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको हो। वाईसीएलका प्रतिनिधिहरू हरेक प्रदेशमा भेला भएका छन्। भेलाको उद्घाटन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन्।

भेलामा उद्घाटन र बन्द सत्र गरी दुई सत्र रहनेछन्। उद्घाटन सत्रमा अतिथिहरूले भेलाको सफलताको शुभेच्छा व्यक्त गर्नेछन् भने बन्द सत्रमा संगठनको विगतको समीक्षा, वर्तमानको अवस्था र भविष्यको कार्यदिशा एवं कार्ययोजनाबारे गम्भीर बहस गरी ठोस कार्यदिशाको संश्लेषणमा पुगिनेछ।

भेलामा संगठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको निर्वाचन लगायतका एजेण्डामा गहन छलफल हुने छ भने छलफललाई प्रविधिमैत्री र सबैको अभिमतको प्रतिनिधित्व हुने व्यवस्था गरिने छ। उक्त छलफलबाट प्राप्त सुझावका आधारमा कार्यदिशाको संश्लेषण र संगठनमा नयाँ कमिटीको निर्वाचन गरिने छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्