Logo

जीवनको उत्तर्राद्धमा छु, युवालाई नेतृत्वमा प्रोत्साहित गर्छुः प्रचण्ड



काठमाडौं, १२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनको उत्तर्राद्धमा भएको बताएका छन् । आफू उत्तर्राद्धमा पुगिसकेकोले युवालाई नेतृत्वमा ल्याउन प्रोत्साहित गर्ने समेत बताए ।

‘७० को दशकमा पुग्न लागेँ, यो जीवनको उत्तर्राद्ध हो,’ प्रचण्डले आज वाइसिएलको राष्ट्रिय भेलालाई राजधानीमा सम्बोधन गर्दै भने, ‘युवालाई नेतृत्वमा ल्याउनुपर्छ नत्र ढिलो हुन्छ ।’ उमेर बुढो भएपनि विचार र प्रवृत्ति बुढो नहुने बताए । उनले आफ्नो विचार र प्रवृत्ति कहिल्यै बुढो नभएको बताए ।

युवा नेतृत्वलाई प्रोत्साहित गर्ने भनेरै २० प्रतिशत केन्द्रीय समितिमा सुनिश्चित गरेको बताए । युवालाई नेतृत्वमा ल्याउँदा प्रतिगामीलाई परास्त गर्न सजिलो हुने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ढाँटछलको राजनीति गर्ने भन्दै आलोचना गरे । उनले आफू जे हो त्यही बोल्ने नेता भएको दाबी गरे । उनले भने, केपी प्रवृत्ति बोल्ने एउटा गर्ने अर्को हो ।



प्रतिक्रिया दिनुहोस्