Logo

स्पेनिस ला लिगामा आज राति चार खेल हुँदै



एजेन्सी, १२ भदौ । स्पेनिस ला लिगा फुटबलमा आज राति चार वटा खेलहरु हुँदै छन् । ला लिगाको पहिलो खेल सेल्टाभिगो र एथ्लेटिक विल्वाओबीच हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजेपछि सुरु हुनेछ ।

त्यसैगरी राति सवा ११ बजे दुई वटा खेल हुनेछन् । पहिलो खेलमा रियल सोसिडाड र लेभान्टे आमने सामने हुँदा सोही समयमा हुने अर्को खेलमा इल्चे र सेभिल्ला भिड्नेछन् । ला लिगाको अन्तिम खेलमा आज राति पौने २ बजे रियल बेटिस र रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्