Logo

अरुण काबेलीको १७ प्रतिशत लाभांश आजसम्म सुरक्षित गर्न सकिने



काठमाडौं, १३ भदौ । अरुण काबेली पावरले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कम्पनीले यो वर्ष १७ दशमलव ८९ प्रतिशत
बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

कम्पनीले भदौ २६ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ १ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले कोभिड महामारीलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले १७ प्रतिशत बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएकाले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको विदाका कारण शेयर कारोबार नहुने भएकाले भदौ १३ गतेसम्म शेयर कायम गर्ने जनाएको छ । १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ कम्पनीको चुक्तापूँजी रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्