Logo

पर्यटकलाई ‘भाईरल रोड’ मा जान प्रशासनको रोक



कञ्चनपुर, भदौ १३ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको सडकमा पर्यटकलाई रोक लगाइएको छ। टिकटक, भिडियो र फोटो खिच्न आउने भीडका कारण ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको हो।

बुधबार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले गरेको निर्णयअनुसार आजदेखि उक्त सडकमा पर्यटकलाई रोक लगाइएको छ । उक्त सडकमा लाग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडका कारण कोरोनाको जोखिम बढीरहेका कारण यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

यस्तै कोरोना संक्रमणको जोखिम बाहेक मदिरा तथा लागूऔषध सेवन गरि दिनहुँ झै–झगडा हुने अवस्था सिर्जना भएको, भिडका कारण निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा रोक लगाइएको हो ।

पछिल्लो समय दैनिक ३ देखि ४ हजार पर्यटक उक्त स्थानमा पुग्ने गरेका थिए। त्यो संख्या सार्वजनिक बिदाका दिन दोब्बर हुने गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्