मेगा बैंकका ग्राहकलाई ओम अस्पतालमा विशेष छुट


काठमाडौँ, १३ भदौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा विशेष छुट पाउने भएका छन्।

मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको जनाइएको छ ।

सम्झौता पछि मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १० दशमलव ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।