काठमाडौं, १३ भदौ । एनआईसी एशिया बैंकले आजदेखि १ हजार ८०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले शेयरधनी उषा गोल्छाको नाममा रहेको शेयरमध्येबाट उक्त शेयर विक्रीमा ल्याएको हो।
बैंकले शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको रजिष्टर्ड कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा निवेदन बुझाउन आग्रह गरेको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने बैंकले जनाएको छ ।




प्रतिक्रिया