Logo

नेता खनाल भोलि स्वदेश फर्कने



काठमाडौं, १३ भदौ। बरिष्ठ नेता झलनाथ खनाल भोलि (सोमबार) स्वदेश फर्किने भएका छन् । नेता खनाल गत २ असारमा उपचारका लागि भारतको नयाँदिल्लीस्थित रहेको अपोलो अस्पतालमा भर्ना भएका थिए । उनी करिब दुई महिनाको उपचारपछि फर्कन लागेका हुन् ।

नेता खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी स्वदेश फर्कन लागेको जनाइएको छ । नेता खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot