Logo

घरेलु मैदानमै युभेन्ट्सको हार



एजेन्सी, १३ भदौं । सिरि ए फुटबलमा युभेन्ट्सले घरेलु मैदानमै हार ब्यहोरेको छ ।शनिबार सिरि एको दोस्रो खेलमा युभेन्ट्स इम्पोली सँग १–० गोल अन्तरले पराजित भएको हो ।

क्रिस्टियानो रोनाल्डोबिना पहिलो पटक मैदान उत्रिएको युभेन्ट्स कमजोर मानिएको इम्पोलीसंग हार ब्यहोरेको हो ।लियोनार्दो मान्सुकोले पहिलो हाफमा गरेको गोल इम्पोलीका लागि पर्याप्त रह्यो ।
सन् १९९९ पछि इम्पोलीले पहिलो पटक युभेन्ट्सलाई हराएको हो । युभेन्ट्सको २ खेलबाट १ अंकसहित १३ औं स्थान र इम्पोली ३ अंक सहित ११ औं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्