Logo

ला लिगामा मड्रिडको संघर्षपूर्ण जित



एजेन्सी, १३ भदौ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो ।

करिम बेन्जेमाको पासलाई सदुपयोग गर्दै ड्यानी कार्भाजलले ६१ औं मिनेटमा विजयी गोल गरेका थिए । मड्रिडले बेटिसमाथि संघर्षपूर्ण जित निकालेको हो । रियलले ७ अंकसहित शीर्ष स्थान कब्जा गरेको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको समान अंक छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्