Logo

देशभर ३६ हजार कोरोना संक्रमितको उपचार हुँदै, १० हजार ६ सय बढीको मृत्यु



काठमाडौं, १३ भदौ । नेपालमा शनिबार कोरोना भाइरसका १ हजार ८ सय ५७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ५८ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हिजो २२ सय २२ जना संक्रमित निको भएसँगै हालसम्म ७ लाख १० हजार ४ सय ५२ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या १० हजार ६ सय ९० पुगेको छ । शनिबार २७ जना संक्रमितको मृत्यु भएको थियो।

यसैगरी, देशभर ३६ हजार ८ सय ६६ जना संक्रमितको उपचार भैरहेको छ भने १ सय ७४ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । यसैगरी, शनिबारसम्ममा ६ सय १५ जना संक्रमितको आईसीयुमा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्