Logo

खनाल फर्किएपछि नेपालले मन्त्रीको टुंगो लगाउने



काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनाल आएपछि मन्त्रीको टुंगो लगाउने भएका छन् । सोमबार खनाल स्वदेश फर्कने तय भएको छ । उनी आएपछि परामर्श गरेर मन्त्रीको टुंगो लगाउने भएका हुन् ।

गत हप्ता नै मन्त्रीको टुंगो लागिसक्नेमा खनाललाई पर्खने भन्दै नेपालले समय सारेको बुझिएको छ । ५ मन्त्री र एक राज्यमन्त्री नेकपा एसले पाउने भएकाले मन्त्रीको मापदण्ड समेत खनालसँग छलफल गरी तय गर्ने तयारी भएको छ ।

२९ जना प्रतिनिधि सभाका सांसदहरु नेकपा एसमा छन् । जसमध्ये २७ जना मन्त्रीका आकांक्षी छन् । उनीहरुको व्यवस्थापनको चुनौती नेपाललाई छ । उनले झलनाथ खनालसँग छलफल गरी व्यवथापनको तयारी गरेका छन् ।

खनाल केही महिना अघि मृगौलामा समस्या देखिएपछि नयाँ दिल्ली पुगेका थिए । त्यहाँ मृगौला प्रत्यारोपण गरी फर्कदैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot