Logo

हालसम्म कतिले लगाए कोरोना भाइरसविरुद्धको खोप



काठमाडौं, १३ भदौ । कोरोना भाइरस विरुद्धको खोप पुर्णमात्रामा नेपालमा हालसम्म ४० लाख ५२ हजार ७ सय ६५ जनाले लगाएका छन् । त्यस्तै, खोपको पहिलो मात्रा ५० लाख ६३ हजार ५ सय २२ जनाले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुुसार देशभर भेरोसेल खोप हालसम्म ३० लाख १२ हजार ४ सय ४५ जनाले लगाएका छन् भने खोपको दोस्रो मात्रा ८ लाख ५७ हजार २ सय ४७ जनाले लगाइसकेका छन् ।  त्यस्तै, देशभर भेरोसेलको दोस्रो खोप १६ लाख ४५ हजार २ सय ३८ जनाले लगाएका छन् । बाग्मती प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा १२ लाख ८७ हजार ९ सय १६ जनाले लगाएका छन्। खोपको दोस्रो मात्रा ८ लाख ५७ हजार २ सय ४७ जनाले लगाएका छन्।

यसैगरी, बागमतीमा जोन्सन एण्ड जोन्सन खोप हालसम्म ३ लाख ३६ हजार १ सय ४८ जनाले लगाएका छन् भने देशभर १३ लाख ४७ हजार ७ सय ४९ जनाले लगाएका छन् ।

त्यस्तै, कोरोना विरुद्धको एस्ट्रोजेनिका खोपको पहिलो मात्रा देशभर २० लाख ५१ हजार बढीले लगाएको मन्त्रालयले जनाएको छ । खोपको दोस्रो मात्रा हालसम्म १० लाख ५९ हजार ७ सय ७८ जनाले लगाएका छन् ।

बाग्मती प्रदेशमा एस्ट्रोजेनिका खोपको पहिलो मात्रा लगाउनेको संख्या ५ लाख ५७ हजार ९ सय २० जना र दोस्रो खोप लगाउनेको संख्या ३ लाख ६२ हजार २ सय २६ रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्