Logo

प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सी बराबरीमा रोकिए



काठमाडौं, १३ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सी बीचको खेल बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलमा लिभरपुल चेल्सीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २२औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दा चेल्सीले एक गोलको अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए ।

यस्तै, रेफ्रीले जेम्सलाई रातो कार्ड दिदँै मैदानबाट बाहिरसमेत पठाएका थिए ।जेम्सले साडियो मानेको प्रहार गोललाइनबाट हातको सहाराले बल क्लियर गरेका थिए । यस बराबरीसँगै लिभरपुलले ३ खेलमा ७ अंक जोडेको छ । लिभरपुल तालिकाको तेस्रो स्थानमा रहेको छ ।चेल्सीले पनि ३ खेलमा ७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्