Logo

शमिता शेट्टीले खुलेआम राकेशलाई चुम्बन मागेपछि हगांमा



एजेन्सी, १३ भदौ । ‘बिग बोस ओटीटी’ मा शमिता शेट्टी र राकेश बापटबीच रोमान्टिक केमिस्ट्री देख्न पाइन्छ । दुवैजनाले एक अर्काको निकै तारिफ गरिरहेका हुन्छन् । राकेशले समिताको धेरै ख्याल गरेको देखिएको छ ।

भर्खरैमात्र एक प्रोमो प्रशारण भएको छ, जसमा शमिता खुलेआम राकेश बापटसँग चुम्बन गर्न माग गरीरहेकी छिन् । प्रोमोमा शमिता शेट्टी खाना खादै छिन् । राकेश माइक्रोवेवमा खाना तताइरहेका छन् ।

शमिता र राकेश कुराकानीको क्रममा शमिताले हास्दै राकेशलाई भनिरहेकी छिन्, ‘यहाँ आउ मलाई एक किस देउ ।’ शमिताको माग पुरा गर्न राकेशले ढिला गरेका छैनन् । तुरुन्त गएर शमितालाई चुम्बन गरेका छन् ।

राकेश र शमिताले समय–समयमा झुक्काईरहेका हुन्छनु । राकेशले पहिला पनि शमितालाई चुम्बन गरिसकेका छन् । यसअघि राकेशले शमिताको खुट्टा दबाएको एउटा भिडीयो सार्वजनिक भएको थियो । शमिता बलिउड अभिनेत्री शिल्पा शेट्टीकी बहिनी हुन् ।



प्रतिक्रिया दिनुहोस्