Logo

शाहरुख र दीपिकाले स्पेनमा ’पठान’ गीतको छायांकन गर्ने



एजेन्सी, १३ भदौ । बलिउड सुपरस्टार शाहरुख खान पछिल्लो समय फिल्म ‘पठान’लाई लिएर चर्चामा छन् । यस फिल्ममा शाहरुख खानसहित दीपिका पादुकोण र जोन अब्राहम पनि देखिदै छन् । आदित्य चोपडाले निर्माण गरेको यस फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् ।

फिल्मको सुटिङको लागि अब शाहरुख खान र दीपिका पादुकोण चाडैनै स्पेन जाने भएका छन् । फिल्मको महत्वपुर्ण भाग र गीत स्पेनमा सुटिङ हुने जनाईएको छ । निर्देशक आनन्दले स्पेनमा शानदार गीतको सुटिङ गरिने बताए पनि गीतको बोलको बारेमा भने केही बताएका छैनन् । फिल्म निर्माता पक्षले स्पेनमा सुटिङको लागि अनुमति लिइसकेको समेत जानकारी गराएको छ ।

यो फिल्मको शुटिङ लकडाउनको समयमा नै शुरू भएको हो । शाहरुख दुबई गएर फिल्मको एक्शन दृश्यहरुलाई शुट गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्