Logo

दाँतको समस्याले प्रकाशमान सिंह अस्पतालमा



काठमाडौं, १३ भदौ । दाँतको समस्या आएपछि नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल पुगेका छन् । उनको वीर अस्पतालका चिकित्सक डा. शैली प्रधानको टोलीले परीक्षण गरेको छ ।

सिंहका सहयोगी युपी लामिछानेका अनुसार सिंहको दाँतमा केही समस्या आएको थियो । उपचारपछि सिंहले सहज महशुश गरेका छन् ।

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको दाबेदार सिंहले पछिल्लो समय स्वास्थ्यको निकै ख्याल गर्दै आएका छन् । उनले नियमित स्वास्थ्योपचार समेत गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्