Logo

श्वेता तिवारीको तस्वीरले बबाल मच्चाएपछि….



एजेन्सी, १३ भदौ । भारतीय टेलिभिजनकी कलाकार श्वेता तिवारी सामाजिक सञ्जालमा निकै संक्रिय छिन् । आकर्षक तस्वीरले प्राय इन्टरनेटमा तहल्का मच्चाउदै आएकी श्वेताले आज केही बोल्ड तथा आकर्षक तस्वीरहरु सार्वजनिक गरेकी हुन् ।

तस्वीरमा श्वेताले सिल्वर शिमरी सीक्विनको साइड लिस्टको गाउन लगाएकी छिन् । उनी डिप नेकमा निकै बोल्ड देखिएकी छिन् । तस्वीरमा श्वेता बोल्ड पोज दिइरहेकी छिन् । उनको स्मोकी र आइमेकअपले उनको बोल्डनेस थप बढाएको देखिन्छ ।

यी तस्वीर शेयर गर्दै श्वेताले लेखेकी छिन्, ‘ तोड्नै परेमा सबै प्रतिबन्धहरु तोड्नुहोस् यसको लागी कहिले माफी माग्नुहुन्न।’

उनी ४० वर्षमा लागेकी छिन् । यद्यपी आफ्नो बोल्ड र स्टाइलिशको कारण उनलाई दुई सन्तानको आमा भनेर कसैले पत्याउनै मुस्किल पर्छ ।



प्रतिक्रिया दिनुहोस्