Logo

महिलाले ३० हजार फिटमाथि बच्चा जन्माएपछि…



एजन्सी, १३ भदौ । १५ अगस्तमा अफगानिस्तानमाथि तालिवानले कब्जा जमाएपछि त्यहाँको स्थिति भयावह भयो । त्यहाँबाट विभिन्न देशले आफ्ना नागरिक लगिरहेको छ ।

नागरिक लाने क्रममा बेलायततर्फ जाँदै गरेको विमानमा एक महिलाले ३० हजार फिटमाथि बच्चालाई जन्म दिएकी छिन् । उडान दूबईदेखि बेलायतको बर्मिङघमसम्मको थियो । काबुलबाट टिर्किस एयरलाइन्सबाट दुबईतर्फ आएको महिलाले बर्मिङघम जाने क्रममा ३० हजार फिटमाथि बच्चालाई जन्म दिएकी हुन् ।

उडानमा चिकित्सक थिएनन् । विमानका चालक दलका सदस्यहरुले बच्चा जन्मिन मद्दत गरेको थिए । बच्चा र आमा दूवै स्वस्थ रहेको एयरलाईन्सले जनाएको छ । बच्चाको नामाकारण समेत गरिएको छ । बच्चाको नाम इभ राखिएको छ । शनिबारेका अन्तिम उद्धार रहेको बेलायतका रक्षा मन्त्रालयले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्