Logo

त्रिवि उपकुलपति कार्यालयमा प्राध्यापकहरुको ताला



काठमाडौं, १३ भदौ । समाजवादी प्राध्यापक संघले उपकुलपतिको कार्यालय, त्रिभुवन विश्वविद्यायलमा बुधबारदेखि तालाबन्दी गरेको छ । प्राज्ञिक क्षेत्रमा संवादका माध्यमबाट समस्या समाधान गर्न विभिन्न समयमा लिखित एवं मौखिक माग राख्दा गम्भिर नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको संघका अध्यक्ष डा. पवक कुमार झाले बताए ।

‘उपकुलपतिको कार्यालयले वार्ताको लागि अहिलेसम्म हामीलाई बोलाएको छैन् ।’ उनले भने, ‘त्रिवि मौन बसेर विद्यार्थीहरुलाई ताला खोल्न लगाइरहेको छ ।’

संघले आज एक विज्ञप्ती जारी गर्दै साउन २० गते एक हप्ते अल्टिमेटमका साथ ध्यानाकर्षण पत्र बुझाएकोमा हालसम्म सुनुवाई नभएकोले तालाबन्दी गर्न परेको बताउदै असुविधाको लागि सम्पुर्ण जानकारी विश्वविद्यालयका पदाधिकारीहरुले लिनुपर्ने चेतावनी समेत दिइएको छ ।

संघले कोभिड–१९ महामारीका कारण त्रि.विले धेरै मानविय क्षति व्यहोरेकाले यसमा कार्यरत सम्पुर्ण प्राध्यापक, कर्मचारी तथा उनका परिवारका सदस्यहरुलाई खोपको व्यवस्था मिलाउन माग गरेको छ ।

त्रिविका प्राध्यापक तथा कर्मचारीहरुलाई स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्ने र उनका परिवारका सदस्यहरुलाई पनि शिक्षण अस्ततालमा छुटको व्यवस्था गर्नुपर्ने संघको माग छ । उनीहरुले त्रिविका सम्पुर्ण पदहरुको नियुक्तिमा नेपालको संविधानको मर्म अनुसार समानुपातिक समावेशी सिद्धान्तलाई अविलम्ब कार्यान्वयन गर्नलगायतका मागहरु राखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्