Logo

नेप्सेमा ४९ अंकको पहिरो, १५ अर्ब बढीको कारोबार



काठमाडौं, १३ भदौ । आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक ४९ दशमलव १८ अंकले घटेर ३ हजार ४४ दशमलव ८६ अंकको विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव ५७ अंकले घटेर ५ सय ६२ दशमलव ८८ विन्दु कायम भएको हो ।

नेप्सेको अनुसार २२७ वटा कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर खरिद बिक्रि हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्