Logo

आज यी कम्पनीको लगानीकर्ताले कमाए धेरै



काठमाडौं, १३ भदौ । नेप्सेमा आज उच्च अंकको पहिरो गएको छ । नेप्सेको अनुसार आज नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।

यी कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतले कमाएका छन् ।

नेप्सेको अनुसार २२७ वटा कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर खरिद बिक्रि हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्