Logo

आज अरुण भ्यालीसहित यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १३ भदौ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको १ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अरुण काबेली पावरको आज ८७ करोड ९ लाख बढीको कारोबार भएको हो ।

त्यस्तै, जीवन बिकास लघुवित्तको ७४ करोड ९२ लाख, आइसीएफसी फाइनान्स कम्पनीको ३८ करोड १२ लाख र हिमालयन डिस्टिरीको ३४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुुसार आज नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले कमाएका हुन् । यी कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्