Logo

माधव नेपाल र झलनाथ हुँदैन थिए भने प्रतिगमनलाई परास्त गर्न सकिँदैन थियो : पुरी



काठमाडौं, १३ भदौ । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले आफ्नो पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारेका छन् । तर, सरकारले गरेको कामको आधारमा समर्थन वा विरोध भने गर्ने उनको भनाई छ ।

आज (आईतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हामी बाहिर रहेर सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौं । यो गठबन्धनको आवश्यक छ । संसद्माथि पनि खतरा छ । केपी ओली कुर्लिरहेका छन् । संसद् र सरकार रक्षा गर्नुपर्ने आवश्यक छ । हामी बाहिर बसेर सरकारलाई समर्थन गर्छौं । सरकारले गल्ती गर्छ भने विरोध गर्छौं । सरकारको मूल्यांकन गर्ने अवस्था छैन् । सरकारलाई मद्दत गर्नुपर्छ । सरकारात्मक काम गर्नको लागि सरकारलाई बाहिरबाट सहयोग गर्नुपर्छ । नकारात्मक काम गरे विरोध गर्छौं ।’

उनले भने,‘हामी सरकारमा जाँदैनौं । तर, सरकारलाई हाम्रो पूर्ण समर्थन छ ।’ अहिले ल्याएको अध्यादेश लक्षित पार्टी फुटाउने गरि ल्याईएको उनले सुनाए । उनले भने,‘अहिलेको अध्यादेशको लक्ष्य एमालेलाई फुटको निम्ति सहज बनाउन ल्याएको हो । यो विभाजनले के काम गर्छ भने प्रतिगमनको यात्रा रोक्नको लागि यसले काम गरेको छ । माधव नेपाल र झलनाथ हुँदैन थिए भने प्रतिगमनलाई परास्त गर्न सकिँदैन थियो । प्रतिगमनकारी सरकार हटाएर लोकतान्त्रिक सरकार बन्यो । प्रक्रिया बेठीक भएपनि अध्यादेश ल्याउनु उद्देश्य राम्रो थियो ।’



प्रतिक्रिया दिनुहोस्