Logo

महाकविको घरको भग्नावशेष नहटाउन सर्वोच्चको आदेश



काठमाडौं, १३ जेठ । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता सञ्जय अधिकारीले देवकोटाको पुरातात्विक महत्त्वको घर भत्काउन रोक लगाउन माग गर्दै दिएको निवेदनमा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले आदेश दिएको हो ।

सर्वोच्चले थप निर्माण कार्य नगर्न समेत अन्तरिम आदेश समेत दिएको छ । यसअघि पहिलो सुनुवाइमा साउन २७ गते न्यायाधीश तेजबहादुर केसीको इजलासले सुनुवाई गर्दै प्रज्ञा प्रतिष्ठानलाई देवकोटाको घर भत्काउनुको कारण मागेको थियो ।

उक्त आदेशमा सरकारी पक्षको दाबीसमेत सुनेर अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्ने भनिएको थियो ।



प्रतिक्रिया दिनुहोस्