Logo

ब्यूरोले विशष अपरेशन चलाएर यसरी पक्राउ गर्यो तीन किलो कोकिनसहित ३ विदेशी नागरिक



भदौ १३, काठमाण्डौ । दक्षिण अफ्रिकाबाट नेपाल हुँदै भारतमा कोकिन सप्लाइ गर्ने समूहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । तीन मुलुकका तीन जना नागरिकलाई झन्डै ३ किलोग्राम कोकिन सहित नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना दक्षिण अफ्रिकी, एकजना तान्जेनियाका र एक जना भारतीय नागरिक रहेको ब्युराले जनाएको छ ।

ब्यूरोले अपरेशन कोक–२ चलाएर झण्डै तीन किलो कोकिनसहित ३ विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

उनीहरुबाट जफत भएको लागू औषधको मुल्य करिब ९ करोड रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । दक्षिण अफ्रिकी नागरिक सार्ली गामा भदौ ३ गते कतार एयरबाट केपटाउन, दोहा हुँदै काठमाडौं आएका थिए । उनले उतैबाट लागू औषध ल्याएको प्रहरीलाई बयान दिएका छन् । त्यस्तै उनले ल्याएको कोकिनको नेपालमा तान्जेनियन नागरिक किमारोले व्यवस्थापन गरेर भारत लैजाने तयारी गरेका थिए ।

दुई बाहेक भारतीय नागरिक विजय सिंह पनि अपराधिक गतिविधिमा जोडिएको प्रहरीले जनाएको छ । सार्लीलाई काठमाडौंको कमलादीमा रहेको एक होटलबाट पक्राउ गरेको र किमरो भने भारत फरार हुने क्रममा सिन्धुलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्