Logo

नेपाल एसबिआई बैंकले गर्यो आइसिएफसी फाइनान्ससँग सम्झौता



काठमाडौं, १४ भदौ । नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्ससँग सम्झौता गरेको छ । बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको जनाएको छ ।

यस सम्झौता पछि आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।

सम्झौतापत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्