Logo

२४ घण्टादेखि बन्द सिद्धार्थ राजमार्ग खुल्न अझै समय लाग्ने



पाल्पा, भदौं १४ । सिद्धार्थ राजमार्ग २४ घण्टामा पनि खुल्न सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन–८, डुम्रेको पहिरो हटाउन नसक्दा सिद्धार्थ राजमार्ग आइतबार बिहानैदेखि अबरुद्ध बनेको हो । पहिराले अबरुद्ध सडक खुलाउने प्रयास भएपनि सफल हुन सकेको छैन ।

सिद्धार्थ राजमार्गको ठाउँ–ठाउँमा गएको पहिरो हटाएपनि डुमे्रमा गएको पहिरो ठूलो भएका कारण हटाउन अझैँ केही समय लाग्ने सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए।सडक खुलाउने प्रयास भईरहेको छ उनले भने पानी परिरहेकाले पहिरो हटाउने कार्यमा समस्या भएको छ । ‘पहिरो हटाएर सोमबार दिउँशोसम्ममा बाटो खुलाउने प्रयास गरिरहेका छौँ खत्रीले भन्नुभयो जेसीभी र स्काभेटर, लोडर थपेर बाटो खुलाउने काम भईरहेको छ ।’

शनिबार रातिदेखि परेको अबिरल वर्षात्ले पाल्पाको ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोले कतै बाटा बगाएका छन् त कतै घर । डुम्रेमा गएको पहिरोले तीन वटा घरसहित सिद्धार्थ राजमार्गमा पहिरो खसेको छ । अन्य स्थानको पहिरो हटाइसकिएको छ, डुम्रेको पहिरो हटाउन काम भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

हिजो राति १० बजेसम्म पहिरो हटाउने काम भएको थियो आज बिहानैदेखि पहिरो हटाउने काम सुरु भएको प्रनाउ त्वातीले बताए । सडक अबरुद्ध हुँदा पाल्पा, गुल्मी, स्याङ्जादेखि पोखरा जाने, पाल्पाहुँदै बुटवलतर्फ जाने हजारौँ यात्रु तथा अन्य सवारीसाधन बाटैमा अलपत्र परेका छन् ।



प्रतिक्रिया दिनुहोस्