Logo

मेस्सीको डेब्यु खेलमा पीएसजीको जित



एजेन्सी, १४ भदौ । लियोनल मेस्सीको डेब्यु खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा जित निकालेको छ ।आईतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

हालै मात्र बार्सीलोना छोडेर पीएसजी आएका मेस्सीले हिजो राती रेइम्स विरुद्धको खेलमा डेब्यु गरेका हुन् । मेस्सीले ३० नम्बरको जर्सी लगाएका थिए । उनी ६६औं मिनेटमा मैदानमा उत्रिएका थिए । मेस्सी मैदानमा उपस्थित हुँदा सबै दर्शक उठेर उनलाई सम्मान गरेका थिए ।

खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए ।६३ औं मिनेटमा एम्बाप्पले व्यक्तीगत दोस्रो गोल गरे । पीएसजीका लागि एम्बाप्पेको यो अन्तिम खेल हुने अनुमान गरिएको छ । जित सहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्