Logo

ग्लोबल आइएमई बैंकले ल्यायो तीज क्यासब्याक योजना



काठमाडौं, १४ भदौ । ग्लोबल आइएमई बैंकले विशेष क्यासब्याक योजना ल्याएको छ । बैंकले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

बैंकको अनुसार मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

यस क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औँशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टु फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (३०० सम्म) क्यासब्याक पाइने जनाएको छ ।

यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० सम्म) क्यासब्याक फिर्ता पाइने छ ।

क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आइएमई बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पिवोएस÷इकम मार्फत ३ हजार वा सो भन्दा बढिको भुक्तानीमा ३०० क्यासब्याक फिर्ता पाउने छन् । महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गते सम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्