Logo

काबुलमा अमेरिकाद्धारा हवाई आक्रमण, एकै परिवारका ९ जनाको मृत्यु



एजेन्सी, १४ भदौ । अमेरिकी सेनाले काबुलमा हवाई आक्रमण गरेको छ । आक्रमण आइतबार भएको सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । आक्रमणमा एकै परिवारका ९ सदस्यको मृत्यु भएको सञ्चारमाध्यम तासले लेखेको छ । आइएसको सवारी साधन लक्षीत गरी अमेरिकी हवाई सेनाले आइतबार ड्रोन हमला गरेको थियो ।

हमला हुनु अगाडी अमेरिकी राष्ट्रपति जो वाइडेनले आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरेका थिए । उनले ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनाले निर्देशन दिएको पनि बताएका थिए ।

आइतबार काबुलस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई विमानस्थलमा नजान र विमानस्थलमा भए सुरक्षित ठाउँमा जान भनेको थियो ।यसअघि बिहीबार साँझ काबुल विमानस्थलबाहिर मुस्लिम अतिवादी संगठन आइएसआइएसले गराएको दुई वटा आत्मघाती बिस्फोटमा १३ अमेरिकी सैनिकसहित एक सय ७० को मृत्यु भएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्