Logo

मैत्रीपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आउँदै



काठमाडौं, १४ भदौ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम आज नेपाल आईपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतीय टिम आज(सोमबार) दिउँसो नेपाल आईपुग्ने जनाएको हो । भारतीय टिम दिउँसो ३ः४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रीने छन् ।

भारतको टोलीमा कप्तान सुनिल क्षेत्री पनि परेका छन् । भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने छ । खेल भदौ १७ र २० गते हुनेछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्