Logo

आज श्रीकृष्ण जन्माष्टमी, पाटनको कृष्ण मन्दिरमा यसरी मनाईयो (फोटोफिचर)



काठमाडौं, १४ भदौ । आज श्रीकृष्ण जन्माष्टमी । कोरोना भाइरस संक्रमणको जोखिमका कारण श्रीकृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा नियमित पूजाबाहेक सर्वसाधारणका लागि बन्द गरिएको छ । मन्दिर दर्शनका लागि पुगेका श्रद्धालुहरुले मन्दिर बाहिरै मूर्ति स्थापना गरी पूजा गरिरहेका छन् ।

ब्रतालुहरुले मुख्य मन्दिरको बाहिर मूर्ति स्थापना गरेर लाइन बसेर पूजा गरिरहेका छन् । ज्ञानयोग, कर्मयोग । भक्तियोगका प्रणेता भगनाव श्रीकृष्णको जन्म भाद्र कृष्णअष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिएको छ ।

आजको दिन पाटनको कृष्ण मन्दिर, बुढानीलकण्ठको श्रीकृष्ण मावनामृत संघको कार्यालयमा रहेको कृष्ण मन्दिर, कागेश्वरी मनोहरा–८ मा रहेको नवतनधामलगायतका तीर्थस्थलमा विषेश पूजा हुने गरेको छ । साथै कृष्ण प्रमाणीहरुका लागि यो दिन वर्षभरिकै विशेष दिन हो ।

-तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्