Logo

पुर्ण खोप लगाएका मध्ये ९० प्रतिशतमा ‘एन्टिबडी’ विकसित भएको मन्त्रालयको दाबी



काठमाडौं, १४ भदौ । कोरोना भाइरसविरुद्ध पुर्ण खोप लगाएका मानिसहरुमा एन्टिबडी विकसित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानबाट १३ हजार १ सय ६१ जनाको नमुना परीक्षण गर्दा एन्टिबडी विकसित भएको पाइएको मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गरेर जानकारी दिएको हो ।

कोभिड–१९ विरुद्धको खोपको एउटा डोज लगाएका व्यक्तिमा भन्दा पुर्ण खोप लगाएका व्यक्तिमा एन्टिबडी राम्रोसँग विकसित भएको पाइएको मन्त्रालयले जनाएको छ ।

‘देशभर ६८ दशमलव ६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टिबडी देखिएको छ । सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेशा तथा सबै समुहमा लगभग समान रुपमा नै एन्टिबडी देखिएको छ।’ मन्त्रालयले जारी गरेको विज्ञप्ती उल्लेख गरिएको छ ।

एक मात्रा खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पुर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको भन्दै मन्त्रालयले पछिल्लो समयमा लगाईराखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्